• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

‘म अचारप्रेमी हुँ, अलि रुन्ची पनि छु’

तपाईसँग सबैभन्दा बहुमुल्य बस्तु के छ ?
म सँग भएको सबैभन्दा बहुमुल्य बस्तु भनेको मेरा किताबहरु नै हुन । 

 

यदी घर छाडेर जानुपर्दा एउटा बस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?
घर छाडेर जाँदा म आफनो मोबाइल कहिले बिर्सन्नँ । मोबाइल बिना म कतै जान सक्दिनँ । 

 

तपाईलाई आफनो सबैभन्दा बढि गर्व लाग्ने बस्तु के हो ? 
मेरो परिवार जसले मेरो हरेक इच्छा आकांक्षा पुरा गर्नुभयो । अर्को मलाई बढी गर्व लाग्ने कुरा भनेको मेरो काम हो । 

 

घरको कुन कोठामा सबैभन्दा बढी मन पर्ने बस्तुहरु छन् ?
आफनै कोठामा, मेरो बेडरुममा मलाई मनपर्ने बस्तुहरु छन् । 

 

 

कुन बस्तु किन्दा सबैभन्दा बढी सन्तुष्टि मिल्छ ?
मलाई किताब किन्दा बढी आन्नद आउँछ । म धेरै महंगो कुराहरुमा रुची पनि राख्दिन । 

 

कुन बस्तु बिना तपाई एकछिन बाच्न सक्नुहुन्न ? 
यसमा, हामी हावा पानी बिना एकछिन पनि बाँच्न सक्दैनौं । त्यस्तो बाँच्नै नसकिने कुरा त त्यस्तो केही छैन ।   

 

तपाईले कहिल्यै आफुले महत्वपुर्ण ठानेको बस्तु चोर्नुभएको छ ?
मैले स्कुलको लाइब्रेरीबाट पुस्तक चोरेकी छु ।  

 

 

आफना बस्तुसँग तपाईको आत्मीयता कत्तिको छ ? 
मलाई भौतिक चिजसँग त्यति लगाव छैन । मोबाइल, स्कुटीसँग मेरो आत्मीयता छ । 

 

तपाईले बाल्यकालमा कुन बस्तुलाई धेरै महत्वपुर्ण ठान्नु भयो ?
म बाल्यकालमा स्कुलमा सधंै प्रथम नै हुन्थेँ । म अलि पढाकु पनि थिए । यो नै मेरो लागी महत्वपुर्ण कुरा थियो । 

 

तपाई कस्तो स्वभावको महिला हो ? 
म अरुको कुराहरु धेरै सुन्न सक्छु । अरुले बोल्दा झट्ट कुरा काट्ने बानी छैन । म धैर्यवान् भएर बस्न सक्छु । 

 

जीवनमा कहिले कोही मन परेको छ ? 
धेरैजना मन परे ।  त्यो अहिले नसम्झिउँ होला । 


राती घरबाट बाहिर जानुपर्दा कहाँ जानुहुन्छ ?
राति घरबाट बाहिर निस्कने काम खासै पर्दैन । यदि गइयो भने नजिकमा मामाघर छ, त्यहीँ जान्छु । 

 

 

तपाईले कसैलाई नभनेको आफना तीन बानी के के हुन ? 
म अचार प्रेमी हुँ, अलि रुन्ची पनि छु र मलाई कसैले ठुलो भएर बोलेको मन पर्दैन । 

 

तपाईको मन पर्ने फेसन शैली कुन हो ?
त्यस्तो केही छैन । मलाई फेसन प्रति त्यति लगाव छैन । म जस्तो छु सन्तुष्ट छु । 

 

यदी मनमा शंका उब्जिए के गर्नुहुन्छ ?
फोन गर्छु । कुरा के रहेछ भनेर स्पष्ट हुन्छु । 

 

कस्तो खालको केटा मन पर्छ ?
मलाई अध्यनशील, मैले भनेका कुराहरु बुझ्ने, कुनै पनि काम गर्दा धैर्यताका साथ गर्ने केटा मनपर्छ । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार