• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

बेल्जियममा 'मिस नेपाल युरोप २०२०' हुँदै 

काठमाडौं । बेल्जियममा मिस नेपाल युरोप २०२० आयोजना हुने भएको छ । ड्रिम्स नेपाल बेल्जियमले २६ जनवरीमा बेल्जियमको लुभेन शहरमा कार्यक्रमको आयोजना गर्न लागेको हो।

 

प्रतियोगितामा युरोपका विभिन्न देशमा भएको अडिसनबाट छनोट भएका उत्कृष्ट १२ प्रतिस्पर्धी टाइटलका लागि प्रतिस्पर्धामा गर्दैछन्। 

 

फिनल्यान्डबाट निरुशा कार्की, फ्रान्सबाट अस्मिता ढकाल, श्रेया भण्डारी, सुस्मिता न्यौपाने, नर्वेबाट श्रद्धा थापा, अस्ट्रियाबाट स्नेहा मल्ल, सुशीला बोहरा, जर्मनीबाट समा पराजुली, आश्मा घिमिरे, बेल्जियमबाट ज्योति भट्ट, लुना श्रेष्ठ, सविना नेपाली, स्वीजरल्यान्डबाट रोजमेरी भाटिया, आयरल्यान्डबाट संगीता थापा, फिनल्यान्डबाट निरुशा खत्री अडिसनमा छनोट भएको आयोजकले जानकारी दिएका छन्।

 

मिस नेपाल २००५ सुगरिका केसी, गायिका नलिना चित्रकार प्रतियोगिताको फाइनलको निर्णाय रहने जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार