• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

क्रिकेटर हार्दिक पाण्ड्य र अभिनेत्री नताशा स्टानकोभिकको यो कस्तो प्रेम

मुम्बई । भारतीय क्रिकेट खेलाडी हार्दिक पाण्ड्य अहिले सामाजिक सञ्जालमा  चर्चामा छन् । उनी  चर्चामा आउनु उनको क्रिकेट खेलको कारणले भने होइन, उनी चर्चामा आउनुको कारण हो मायाप्रेमको सफलता । 

 

केही दिन अघि सामाजिक सञ्जालमा पाण्ड्य र सर्वियन अभिनेत्री नताशा स्टानकोभिक चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएको थियो।

 

साथै यी दुबैले  इन्गेजमेन्ट गरेको समाचार समेत बाहिरिएको थियो । नताशाले हार्दिकले औंठी दिँदै गरेको भिडियो सार्वजनिक गरेपछि दुवैको इन्गेजमेन्ट भएको पुष्टी भएको हो। 

 

नताशाले बलिउड फिल्म सत्याग्रहबाट डेब्यु गरेकी हुन । र्‍यापर बादशाहका म्युजिक भिडियोहरुमा समेत उनी देखिएकी छिन् । उनी सलमान खानको शो बिग बॉस सीजन २ मा पनि देखा परेकी थिइन । नताशा  एक अभिनेत्री, मोडल र नर्तकी पनि हुन्।

 

नताशा र क्रिकेटर पाण्ड्याको भेट बलिउड नगरीमा नै भएको हो र दुबै प्रेम सम्बन्धमा बाधिएका थिए । दुबैको  इन्गेजमेन्ट भईसक्यो तर विवाह मिति भने सार्वजनिक भएको छैन ।एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार