• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

सुनको मुल्य हिजो र आज उस्तै 

काठमाडौं । आज बिहिबार सुनको भाउ  स्थिर रहेको छ। आज सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भईरहेको छ भने हिजो पनि सोहि मूल्यमा कारोबार भएको थियो। 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमै कारोबार भइरहेको छ । 

 

यस्तै हिजो ७४ हजार ४ सय रुपैयाँमा कारोबार तेजाबी सुन आज पनि सोही  मूल्यमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

चाँदीको मूल्यमा पनि कुनै परिवर्तन आएको छैन। आज पनि चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार