• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

एक बर्षअघि बसमा हस्थमैथुन गरेर महिलाको टाउकोमा झार्ने युवक प्रहरी फन्दामा

काठमाडौं । एक वर्षअघि सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

निकै भाइरल भएको ‘बस काण्ड’ प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले लामो अनुसन्धानपछि सोमबार साँझ २१ वर्षीय रबिन सार्की भन्ने व्यक्तिलाई  चितवनबाट पक्राउ गरेको हो ।

 

सार्कीले बसमा अश्लील क्रियाकलाप गरेर भिडियो अपलोड गरेको पाइएको छ। काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडिओ बनाएर अपलोड गरेको अनुसन्धानबाट पत्ता लागेको हो।

 

भिडियो खिचिएको बस काठमाडौंको डल्लु क्षेत्रमा चल्ने खुलेपछि प्रहरीले अनुसन्धान तीब्र बनाएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार