• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

सवारी दुर्घटनामा गायक निशान भट्टराईको निधन

काठमाडौं । सवारी दुर्घटनामा परि गायक निशान भट्टराईको निधन भएको छ । गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए ।

 

कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो । दुर्घटनामा सख्त घाइते उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारकै क्रममा निधन भएको हो ।

 

गायक भट्टराईको ‘कामनाले भरिएको....’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर...’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईले साथ दिएकी छिन् । उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती...’ हो । यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार