• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

ओस्करमा  : कोरियाली फिल्म 'प्यारासाइट'

काठमाडौं । सोमबार साँझ सार्वजनिक भएको वर्ष २०१९ को ओस्कर मनोनयनमा कोरियाली फिल्म ;प्यारासाइट' ले मुख्य विधामा परेर धेरैलाई आश्चर्यमा पारेको छ ।

 

यसै वर्ष कान फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जित्ने पहिलो कोरियन फिल्म बनेको 'प्यारासाइट' ओस्करमा उत्कृष्ट फिल्म र उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म दुवै विधामा मनोनित भएको छ । यी दुवै सहित यो फिल्म जम्मा ६ विधामा मनोनित भएको छ । उत्कृष्ट निर्देशक र पटकथामासमेत यो मनोनित छ ।

 

यसपाली ठूलो भिडन्त निर्देशकमा पनि हुने देखिएको छ। निर्देशकमा दुई हलिउड हस्ती मार्टिन स्कोरसेजी (दी आइरिसम्यान) र क्वन्टिन टेरेन्टिनो (वन्स अपन अ टाइम इन हलिउड) का लागि मनोनित छन्। यिनका अलावा 'प्यारासाइट' का बोङ जो हु, वर्ष कै चर्चित फिल्म 'जोकर' का टोड फिलिप्स र पहिलो विश्वयुद्धको कथा बोकेको '१९१७' का साम मेन्डिस मनोनित छन्। केही अघि सम्पन्न गोल्डन ग्लोब अवार्डमा मेन्डिसले निर्देशक र उत्कृष्ट फिल्ममा बाजी मारेका थिए।

 

वन्स अपन अ टाइम इन हलिउडका लियोनार्डो डिक्याप्रियो, म्यारिज स्टोरीका एडम ड्राइभर र दी टु पोप्सका जोनाथन प्रेइसी मनोनित भएका छन्। अभिनेत्रीमा जुडीकी रेनी जेल्वेगर, बमसेलकी चार्लिज थेरोन, लिटल वुमनकी सउराइज रोनान, म्यारिज स्टोरीकी स्कारलेट जोन्सन र हर्रियतका लागि सिन्थिया एरिभोबीच प्रतिस्पर्धा हुनेछ।

 

सहअभिनेतामा वन्न अपन अ टाइम इन हलिउडका ब्रड पिट, दी आइरिसम्यानका अल पचिनो र जोय पेसी तथा अ ब्युटीफुल डे इन नेवरहुडका टम ह्यांक्स र टु पोप्सका एन्थोनी हप्किन्सका बीच प्रतिस्पर्धा हुनेछ।

 

यस वर्ष 'प्यारासाइट' जस्तै गत वर्ष 'रोमा' उत्कृष्ट फिल्म र अन्तर्राष्ट्रीय फिल्ममा मनोनित थियो। यसले अन्तर्राष्ट्रीय फिल्म र निर्देशकको अवार्ड जितेको थियो। कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार