• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

मेरुदण्डीय पक्षघात समुह नेपाललाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेरुदण्डीय पक्षघात समुह नेपाल लाई तीन लाख रुपैंया सहयोग गरेको छ । 

 

आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई तीन लाख रुपैंयाको चेक हस्तान्तरण गरे ।

 

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार