• शनिबार १-८-२०८१/Saturday 04-20-2024
बिश्व

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफको मृत्युदण्डको सजाय रद्द

पाकिस्तान । पाकिस्तानको लाहोर उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द गरेको छ ।

 

कानुनी प्रक्रिया असंवैधानिक भएको भन्दै अदालतले फैसला उल्ट्याइदिएको हो । उच्च अदालतले १७ डिसेम्बर २०१९ मा उनलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको थियो । 

 

उच्च अदालतको पूर्ण इजलासले सोमबार जनलरल मुसर्रफले गरेको याचनामाथि सुनुवाई गरेको हो । उनले विशेष अदालतले आफूमाथि गैरकानुनी रुपमा सजाय सुनाएको भन्दै याचनापत्र दायर गरेका थिए । सोमवार, लाहोर उच्च अदालतले निर्वासनमा रहेका मुशर्रफविरुद्धको सजाय उल्ट्याइदिएको हो।

 

यस फैसलासँगै मुसर्रफको सजाय पनि रद्द गरिएको एडिसनल अर्टनी जलनरल ए खान केले बताए । अदालतको आजको निर्णयको अर्थ अब जनरल मुशर्रफ ूस्वतन्त्र मानिसू भएको छन्।

 

सन् २००७ मा मुशर्रफले गरेको संविधानको निलम्बनसँग जोडिन्छ जतिबेला उनले आफ्नो कार्यकाल लम्ब्याउने आशयले सङ्कटकाल घोषणा गरेका थिए। मुशर्रफलाई पाकिस्तान छोड्न सन् २०१६ मा अनुमति दिइएको थियो र अहिले उनी दुबइमा छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार