• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

नाडा प्रतिनिधि मण्डल र आन्तरिक राजश्व विभागका महानिर्देशक विच छलफल

काठमाडौं ।  नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको  ८ संसदीय नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुंवरसंग आज भेटघाट गरेका छन् ।

 

भेटमा फेयर ट्रेड लगायत नेपालको कर प्रशासन र कर प्रणालीबारे विस्तृत छलफल भएको महासचिव सुनिल रिजालले बताए । छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले नाडा सदैव स्वच्छ व्यवसायको पक्षमा रहँदै आएकोले त्यसको प्रवद्र्धनका लागि सदैव तत्पर रहने बताएका थिए । 

 

उनले कर कार्यालयहरुबाट व्यवसायीहरुले कर चुक्ता लिन सहज नभएको, विभागबाट बजार अनुगमनका क्रममा हुने चेकजाँच र अनुगमनकोे प्रक्रियागत ढाँचाको कारण व्यवसायीहरुलाई मर्का परिरहेको गुनासो गरेका थिए । यस्तै कालो बजारको नियन्त्रणका सन्दर्भमा खुल्ला बजार अर्थतन्त्रलाई अवलम्बन गर्दे आएको नेपालले बजारको माँग र आपूर्तिका आधारमा बस्तु र सेवाको मूल्य कायम हुने सिद्धान्तलाई सरकारले स्वतः अङ्गिकार गर्नुपर्ने जिकिर गरे । सरकारको समृद्धिको नारालाई सवैक्षेत्रले भरथेग गर्नुपने उनको बिचार थियो । 
 

छलफलको क्रममा विभागका महानिर्देशक कुवरले व्यावसायीक क्षेत्रबाटै स्वच्छ व्यवसायको प्रवद्र्धनका लागि सुझाव आउनु स्वागतयोग्य रहेको बताउँनुका साथै  आपसी सूचना आदान प्रदान र सहकार्यका आधारमा स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखिएका समस्याहरुको निराकरण गर्दे जानुपर्ने धारणा व्यक्त गरे ।

 

स्वच्छ कर प्रशासन निर्माणमा व्यवसायीहरुको अंहम भूमिका हुने भन्दै व्यवसायको सहजीकरणका लागि विभाग सदैव तयार रहेको उनले बताए । बैधानिक तवरबाट व्यापार व्यवसाय गर्नेलाई सरकारले सहयोग गर्ने बताउँदै अवको नयाँ आर्थिक ऐन आएपछि नाडासंग पुनः औपचारिक रुपमा छलफल गर्ने कुंवरको भनाई थियो ।

 

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्यसमिति सदस्य अभिक ज्योती, मिलनबाबु मल्ल, र पंकज अग्रवालको उपस्थिति रहेको थियो ।     

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार