• शुक्रबार १०-१०-२०७६/Friday 01-24-2020
मनोरञ्जन

छपाक : मालतीको संघर्षको कथा

फ्रेसन्युज संवाददाता, काठमाडौं । कुनै फिल्म यस्ता हुन्छन् जसलाई बनाउँदा गहन रुपमै सोच्नु पर्ने हुन्छ । फिल्म त बनाउने तर त्यो डकुमेन्ट्री बनाउने या फिचर फिल्म । यस्तै एसिड आक्रमणको बारेमा फिल्म बनाउनु सानोतिनो कुरा होइन धेरै कठिन काम हो ।

 

निर्देशक मेघना गुलजारले यसभन्दा अघि फिल्म ‘तलवार’ बनाएकी थिइन् जुन एक वास्तविक घटनामा आधारित थियो । उनले यसपटक फिल्म ‘छपाक’ मा एसिड अट्याकमा परेकी लक्ष्मी अग्रवालको जीवनका वास्तविक घटनालाई देखाउन खोजेकी छिन् । 


जब एसिडको एक थोपा शरीरमा खस्छ त्यो एसिड अट्याकमा परेको केटीलाई थाहा हुन्छ उसको दुख र वेदना । शरीर पुरै काप्छ । यस्तो अवस्थामा उसको दुुखलाई कल्पना गर्न पनि मुश्किल हुन्छ । एसिडको केही थोपा उनको शरीरमा खसेपछि उनको जिन्दगी नै सकिएको सरह हुन्छ । एसिडले जलेर शरीर नै तहसनहस हुन्छ । यस्तै अनुभूति ‘छपाक’ र्हेदा  महशुस हुन्छ । 

 

 

निर्देशक मेघना गुलजारले फिल्मलाई त्यस्तो नाटकीय बनाएकी छैन । उनले एसिडबाट बचेकाहरुको जीवनको संघर्षलाई फिल्ममा देखाएकी छन । उनीहरुले न्याय पाउनका लागी गरेको लामो लडाईलाई फिल्ममा  उतारेकी छिन् । 


फिल्म कि नायिका मालती (दीपिका पादुकोण) आफुमाथी एसिड फ्याक्नेलाई सजाए दिन अदालतको शरणमा मात्र नभई पिआईएल पनि फाइल गर्छिन, जसमा एसिडलाई खुल्लम खुल्ला बेच्न नपाईयोस भनेर आग्रह गरिएको छ । उनलाई न्याय पाउँन बर्षौ लाग्छ तर पनि उनले हिम्मत हार्दिनन् । अर्कोतर्फ उनी आफनो एसिड आक्रमणबाट बिग्रेको अनुहारमा नै जीवन जिउँछिन् । मान्छेहरु उनलाई सहानुभुती  दिन्छन् र  साथैउनलाई देख्ने बित्तिकै डराउँछन् पनि । 


फिल्ममा अमोल (बिक्रान्त मैस्सी) को पनि अभिनय रहेको छ । उनी एसिड अट्याकमा परेका महिलाहरुको सहयोगका लागी एउटा एनजीओ चलाउँछन् । त्यहि क्रममा उनको भेट मालतीसँग एक महिला पत्रकारद्धारा हुन्छ र मालती पनि उनको एनजीओमा काम गर्न थाल्छिन् । मालती र बिक्रान्तले नै फिल्मको कथालाई अघि बढाउका छन । फिल्म यी दुईमाथी नै केन्द्रित छ । 


फिल्मले केहि आश्चर्यजनक कुराहरु पनि देखाइएको छ । ‘तिमी केटीको मुख चिया फ्याक्क या एसिड’ कानुनको लागी यो दुबै समान कुरा हो तर केही समयपछि यो कुरामा केही परिवर्तन भएका छन् । यस्तै ऋषिकेशमा अण्डामाथी प्रतिबन्ध लगाउने कुरा अदालतले एकदमै छिटो पारित गर्यो तर देशमा एसिडमाथी प्रतिबन्ध लगाउने कुरामा भने अदालतको पसिना छुटेको छ ।  


यस्तै अहिलेसम्म पनि एसिड आक्रमण बन्द भएको छैन ।  ७ डिसेम्वर २०१९ मा नै एसिड आक्रमण भएको थियो । एसिड आक्रमण ती केटीहरुमाथी भएको थियो जो पड्न चाहन्थे, भविष्यमा केही बन्न चाहन्थे, जीवनमा अझ अगाडि बड्न चाहन्थे । 


फिल्मको मुख्य कलाकार मालतीको अभिनयको जति तारिफ गरेपनि कम हुन्छ । आफनो बिग्रेको अनुहार भएपनि कतै हिम्मत नहारी उनी आफनो नयाँ जिन्दगी शुरु गर्छिन । ७ देखि ८ पटक त आफनो सर्जरी नै गछिन् । न्याय पाउनको लागी कयौंपटक प्रहरी चौकीको चक्कर लगाउँछिन् र अन्तमा न्याय पाउँन उनी सफल हुन्छिन् । फिल्ममा धेरै समय उनले आफनो आँखा मार्फत अभिनय गरेकी छिन् । धेरै दृश्यहरुमा उनले स्क्रिप्ट भन्दा माथी उठेर नै काम गरेकी छिन् । 


फिल्ममा मालती माथी एसिड प्रहार गर्ने बशीर खान अर्थात बब्लु (विशाल दहिया) लाई एकदमै कम देखाइएको छ । उनी मालतीलाई एकदमै मन पराउँछन् तर उनले मालतीलाई पाउँदैनन् । यही रिसको झोकमा मालतीको अनुहार बिर्गाछन् । उनी यस्तो व्यक्ति हुन जसलाई दया माया भन्ने कुरा थाहा छैन । उसमा मानवियता भन्ने नै छैन । 

 

 

अमोल (बिक्रान्त मैस्सी) को भुमिकामा केही कमीहरु छन् । उनलाई फिल्ममा प्राय रिसाहको भुमिकामा मात्र देखाइको छ । उनी देशमा हुने अपराध र यहाँको व्यवस्थासँग दिक्क छन् तर फिल्ममा उनले गरेका केही रिसाहाको भुमिकाको दृश्य जायज देखिँदैनन् । उनको अभिनय साधारण छ । 


मेघना गुलजारको निर्देशकीय क्षमतामा शंका गर्ने ठाउँ छैन । उनले उठाएको मुद्धा नै ठुलो कुरा हो । यस्तो मुद्धामा जो कोहीले फिल्म बनाउने आँट गर्दैनन् । एउटा कठिक बिषयमाथी फिल्म बनाएर उनले आफनो कुरा बाहिर ल्याएकी छिन् । 


फिल्म राम्रो बनेको छ। मध्यान्तर भन्दा अघि फिल्मले धेरै भावनाका कुराहरु देखाउँछ जसले दर्शकको आँखा अवश्य नै रसाउँछ तर मध्यान्तर पछि  फिल्म केही हतारमा दौडिरहेको हो कि जस्तो लाग्छ । मध्यान्तर अघि फिल्म जसरी सललल बगेको थियो पछि त्यस्तो हुँदैन । यस्तो  लाग्छ निर्देशक फिल्मलाई सकभर चाडो सकाउने कोशिशमा छिन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार