• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

‘राजीनामा गराउने निर्णय फिर्ता लिनुस्’ : उपसभामुख तुम्बाहाङ्फे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपसभामुखबाट राजीनामा दिएर सभामुख चयनको मार्गप्रशस्त गर्न दिएको आग्रहलाई  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गराउने निर्णय फिर्ता गर्न पार्टी उच्च नेतृत्वलाई आग्रह गरेकी छन्।

 

शनिबार सचिबालय बैठकले सो निर्णय गरेपछि आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुुष्पकमल दाहाल सहितको बैठकमा उपसभामुख तुम्बाहाङ्फेले यस्तो आग्रह गरेकी हुन्।

 

अध्यक्षद्धय सहित महासचिब बिष्णु पौडेल उपस्थित बालुवाटारको बैठकमा उपसभामुख तुम्बाहाङ्फेले आफूले राजीनामा नदिने जानकारी गराएको बताइएको छ। स्रोतका अनुसार आफूलाई सभामुख बनाउने सुनिश्चित नभएसम्म राजीनामा नगर्ने अडान राखेकी छन्।

 

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गर्न आनाकानी गरेपछि अध्यक्षद्वयले राजीनामा गर्न निर्देशन दिएका थिए।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार