• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

नेकपाले सभामुखको टुंगो लगाउन नसकेपछि प्रतिनिधिसभाको बैठक माघ ६ सम्मका लागि स्थगित

काठमाडौं । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक माघ ६ गतेसम्म स्थगित गरिएको छ। संसद सचिवालयले सूचना टाँसेर आजको बैठक स्थगित भएको जनाएको थियो । 

 

प्रधानमन्त्री केपी ओली सहित सत्तारुढ नेकपाका शीर्ष नेताहरूले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई बालुवाटारमा बोलाएर सल्लाह दिएपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

 

प्रतिनिधिसभाले विशेष कारणवश बस्न नसक्ने व्यहोराको सूचना टासेर जनाइएको थियो ।  ‘‘मिति २०७६ पुस २७ गते आइतबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नु हुने माननी उपसभामुखज्यूले प्रतिनिधसभा नियमावली, २०७५ को निमय ६ को उपनियम (३) बमोजिम अर्को बैठक मिति २०७६ साल माघ ६ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरेको व्यहोरामा सदस्यहरुको जानकरीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

यसअघि शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको थियो। आजको भेटमा उनले राजीनामा गराउनेसम्बन्धी निर्णयको पत्र मागेकी थिइन् । तर उनलाई सो पत्र भने नदिइएको बालुवाटार स्रोतले जनाएको छ। भेटमा प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल सहभागी थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार