• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
शिक्षा

मुस्ताङका विद्यार्थी अध्ययनका लागि तनहुँ आइपुगे,क्याम्पभित्रै बसेर अध्ययन गर्ने

 तनहुँ । मुस्ताङमा अत्यधिक चिसो बढेपछि त्यहाँको एक गाउँपालिकाका विद्यार्थी अध्ययन गर्न तनहुँ आइपुगेका छन् ।

 मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा भएका दुई विद्यालयका विद्यार्थीलाई अध्ययनका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका ल्याइएको हो ।

 

जनज्योति आधारभूत विद्यालय र घर्मी सोलर आधारभूत विद्यालयका १४२ विद्यार्थीलाई शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पभित्र रहेको लेकश्यद छल निम्न माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको छ ।

 

 पुस १६ गतेदेखि फागुन १७ जनवरी र फेबु्रअरीसम्म उक्त विद्यालयका विद्यार्थी क्याम्पभित्रै बसेर अध्ययन गर्ने मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोन्फेल विष्टले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार