• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न लगाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो।

 

सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले भने, 'त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित हुनुभएका शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुहुनेछ।'

 

नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन। सभामुख कसलाई बनाउन खोज्नु भएको हो भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता श्रेष्ठले कुनै केही बोलेनन्। गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार