• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ : पूर्वराष्ट्रपति यादव

चितवन । पूर्वराष्ट्रपति डा.रामवरण यादवले मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने बताएका छन् । आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, 'जुन देशमा लोकतन्त्र बलियो हुन्छ, त्यहाँ मिडिया स्वतन्त्र हुन्छ ।'

 

विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको भनाइ थियो । देशवासीको सहअस्तित्व, समुदायमा एकता, समुदायको भावनालाई जोडेर हिँड्नुपर्ने दायित्व सरकार र सङ्घीयसभामा रहेको उनले बताए ।  

 

तीन तहका सरकारबीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउँदै उनले राष्ट्रको समस्या सङ्घीयसभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताए । पूर्वराष्ट्रपति डा. यादवले भौगोलिक विविधता, समुदायको विविधतालाई एक बनाउँदै पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार