• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

देउवासँग पार्टी सञ्चालनको योजना छैन : महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् ।  पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले, आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे ।  

 

उनले भने, 'महामन्त्री कोइरालाम चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ ।' 

 

शुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो । अहिलेसम्म सङ्गठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन सकेको छैन कोइरालाले थपे ।

 

सभापति प्रति कडा रुपमा प्रस्तुत भएका महामन्त्री कोइरालाले अबका दिनमा कांग्रेसले के गर्दा देश उन्नति तर्फ जान्छ भन्ने सोच्नुपर्ने बताए । सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार