• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

शिल्पीमा ‘कुमारी द डान्स ड्रामा’ 

काठमाडौं । कुमारी एक जिवीत देवी हुन । त्यही जिवीत देवी एक सामान्य अवस्थामा फर्केपछि उनले विवाह गर्न हुन्छ कि हुँदैन ।

 

यदी विवाह गरेमा केटालाई केही न केही अनिष्ट हुन्छ भन्ने मान्यता अहिले पनि हाम्रो समाजमा कायम छ । कुमारीले प्रेम गर्दा के हुन्छ र उनले प्रेम गर्न हुन्छ कि हुँदैन । यीनै कुराहरुको प्रश्नको जवाफ खोज्न नाटक ‘कुमारी द डान्स ड्रामा’ आजबाट शुरु हुँदैछ । 

 

राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा अहिले एक दर्जन बढि कलाकारहरु यसैको तयारीमा जुटेका छन् । कथा अनुसार श्वेतकाली र श्वेतभैरवी की पुत्री यस लोकमा आउँछिन् । यसपछि के हुन्छ भन्ने कुरा नाटकले नृत्य भाषामार्फत बताउन खोजिएको छ । 

 

सुदनमान मुनिकार, ट्रिना कुलु, योहाङ राई, रश्मि महर्जन, सृष्टि शाक्य, भाग्यरथी शाहि, नानुमाया महर्जन लगाएतका कलाकारहरुको नाटकमा अभिनय रहेको छ । नाटकलाई घिमीरे युवराजले निर्देशन गरेका छन् भने यसका लेखन तथा परिकल्पनाकार चन्द्रमान मुनिकार हुन । नाटक आज शनिवार देखि मंगलवारसम्म मञ्चन हुनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार