• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

आजभोली मेरो फिल्ममा पनि प्रश्न उठ्न थाल्यो : अजय देवगन

मुम्बई । हामी दर्शकका लागि फिल्महरू बनाउँछौं । जब दर्शक परिवर्तन हुन्छन्, हामीले फिल्म पनि परिवर्तन गर्नुपर्ने हुन्छ । एकसमय थियो जब सुनको तस्करी धेरै हुन्थ्यो, त्यसैले हामीले त्यस्ता फिल्महरू बनाउनुपर्‍थ्यो ।

 

६० को दशकमा सास–बुहारीमा धेरै फिल्महरू बने । ८० को दशकमा भ्रष्टाचारका बिषयमा धेरै फिल्महरु हेरियो । यदि व्यक्ति परिवर्तन हुन्छन् भने फिल्महरूमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । अहिले त्यस्तो फिल्महरू हेर्न दर्शकहरूले आफुहरुलाई मनपर्ने विषय खोज्नुपर्ने हुन्छ ।

 

‘आजकल मेरो फिल्ममा पनि प्रश्नहरु उठ्न थालेका छन् । अब फिल्ममा देखाइएको झण्डाको बिषयमा  उठेको प्रश्नको बारेमा नै कुरा गरौं । यहाँ धेरै समूहहरूको गुट त्यस्तो छ जसले उनीहरूलाई हाम्रो मान्छे भन्छन् र उनीहरुले आफनो भन्छन् । तर यो कसैले भन्दैन कि ‘तन्हाजी’ यही देशका मानिस थिए र उनले देशका लागि धेरै ठुला कामहरु गरे ।’

 

 

तपाईले फिल्म तन्हाजीबाट के सिक्नुभयो ?
म यसमा के भनु ? तपाई र म जस्तो व्यक्ति उनीहरूको बराबरीमा नै छैनन् । यी व्यक्तिहरू देशको जहिले मर्न तयार हुन्थ्  । यीनीहरु विशेष गणौंको साथ जन्मेका हुन्छन् । यीनीहरु सिर्जना गरिएका होइनन् तर यसैगरी जन्मेका हुन्छन् । यदि तपाई उनीहरूको बारेमा पढ्नुहुन्छ भने, तपाईले बुझ्नु हुन्छ कि उनीहरुले हामीलाई हाम्रो देश भारत सुम्पिदिए त्यसैमा हामी खुशी हुनुपर्छ र उनीहरुलाई धन्यवाद दिनुपर्छ । 

 

३–डी को कारणले फिल्मको सुटमा केही परिवर्तन आयो कि ? 
यस प्रकारको ३–डी फिल्म अझसम्म पनि हाम्रो देशमा बनेको छैन । न त दर्शकले देखेका हुन सक्छन । हामीले यस प्रविधिको कारण धेरै योजना बनाउनु परेको थियो । यसको प्रत्येक दृश्यमा धेरै मेहनत गर्नु पर्योे । खुशीको कुरा के हो भने, केवल भारतीयहरूले हाम्रो सम्पूर्ण सुटमा काम गरे । केवल केही दृश्यहरूको स्टण्टका लागी बिदेशीहरुलाई प्रयोग गरिएको छ । यी ती मानिसहरू हुन् जसले फिल्म शिवायमा म सँग पहिला नै काम गरिसकेका हुन ।

 

 

फिल्मको लागी केही त्यस्तो खोज केही गर्नुपर्‍यो कि ?
यो मेरो निर्देशक ओम राउतले गरेका हुन । उनले फिल्म बनाउनका लागी धेरै इतिहासकारहरुलाई भेटे । तिनीहरू मार्फत त्यसबेलाको समय र मानिसहरुको बारेमा जान्ने मौका पाए । धेरैजसो कुरा तन्हाजीको बारेमा लेखिएको छैन । हामीलाई सबै आंशिक रूपमा प्राप्त भए । कतै तन्हाजीको बारेमा उल्लेख गरिएको थियो भने कतै उनको श्रीमती बारेमा लेखिएको थियो । कसरी उनीहरू कुरा गर्छन् ? कसरी काम गर्दछ ? यी सबै कुरा हामीले विचारको आधारमा लेख्नुपरेको थियो ।

 

तन्हाजीको कुनै पुरानो वंशसँग भेटभयो कि ?
फिल्मको दौरान तन्हाजीको १३ औं पुस्ता र तन्हाजीको भाई सूर्यका सन्तानहरूसँग हाम्रो भेट भएको थियो । उनीहरुसँग धेरै कुराहरु भए । उनीहरुले हामीलाई धेरै मद्धत गरे । उनीहरु पनि फिल्म सुटिङको सेटमा आएका थिए । मानिसहरूले उसलाई तानाजी भनेर बोलाउँछन्, तर उनको वास्तविक नाम तन्हाजी हो जुन मैले आफैंले उनको प्रमाणपत्रमा लेखिएको देखेको थिए । वेभ दुनियाँ
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार