ढकाल र बाँस्कोटालाई मन्त्रालयको थप जिम्मेवारी
काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि ती मन्त्रालको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्दै आएका थिए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस