• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

जर्मनीको ह्यानोभरमा हुने कार्पेट मेलामा नेपाली गलैंचा

 

 काठमाडौं ।  जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ ।

 

आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष रामबहादुर गुरुङ्गको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ ।

 

प्रत्येक वर्ष आयोजना हुने मेला नेपाली गलैंचा उद्योगका निमित्त अति महत्वपूर्ण रहेकाले नेपाली व्यवसायीहरुले १६ वर्ष अघिदेखि सहभागिता जनाउँदै आएको अध्यक्ष गुरुङले  जानकारी दिए ।

 

 नेपाली गलैंचाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र विस्तार गरी विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरहरु सिर्जना गर्ने अवसरको रुपमा मेलालाई हेरिएको  छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार