• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

प्रदेश–३ को नाम ‘वाग्मती’, राजधानी ‘हेटौंडा’ कायम

काठमाडौं । नेकपा प्रदेश ३ संसदीय दलले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

 नेकपा प्रदेश ३ को शुक्रबार बसेको बैठकले प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम गर्ने र प्रदेशको नाम वाग्मती राख्ने सर्वसम्मत निर्णय गरेको हो ।

 

बैठकपछि प्रदेश ३ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणी पौडेलले राजधानी र नामबारे हेटौंडा र वागमतीमा सहमति भएको जानकारी दिए ।

प्रदेश ३ को नामकरणका सन्दर्भमा  धेरै नाम बैठकमा प्रस्ताव भएका थिए । नेवा, नेपाल मण्डल, नेवा ताम्सालिङ, गौरीशङ्करआदि नाम प्रस्तावमा परेका थिए ।

 

नेकपा प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्यले केन्द्रले गरेको निर्णय प्रकृया नमिलेको भन्दै दलको बैठकमा व्यापक छलफल गरेर सहमति निकालिएको समेत बताइन ।

यही पुस २७ गते प्रदेश नम्बर–३ ले स्थायी राजधानी मकवानपुरको हेटौंडा र नाम वाग्मती पाउने पौडेलको भनाइ छ ।

 

विकासलाई विस्तार गर्नुपर्छ भन्ने अवधारणाका साथ र दीर्घकालीन सोचका साथ हेटौंडालाई नै राजधानी र नाम वाग्मती राख्ने निर्णय भएको नेकपा प्रदेश नम्बर–३ का अध्यक्ष नारायण दाहालले जानकारी दिए ।

 

हेटौंडालाई राजधानी बनाउँदा समृद्ध नेपाल बनाउने अभियानमा धेरै हिसाबले बल पुग्ने र थुप्रै रणनीतिक कारणले पनि हेटौंडा उपयुक्त हुने उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार