• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

अभिनेत्री नताशा स्टे‍नकोविकको बोल्ड अवतार

मुम्बई । बलिउड अभिनेत्री नताशा स्टे‍नकोविकले हालै भारतीय क्रिकेटर हार्दिक पांड्या संग लगनगाठो कसेकी थिइन। हार्दिक पांड्याले नताशासँग विवाह गर्ने घोषणा सोशल मिडियामा एक पोष्ट मार्फत घोषणा गरेका थिए ।

 

हालै नताशाले आफना फ्यानहरूसँग केही बोल्ड तस्वीरहरू सार्वजनिक गरेकी छन् जुन अहिले सामाजिक सञ्जालमा धेरै नै भाइरल भइरहेको छ। नताशा सोशल मिडियामा धेरै सक्रिय छिन्, उनी प्रायस् आफ्नो बोल्ड तस्वीरहरू उनको इन्स्टाग्राम मार्फत सार्वजनिक गर्ने गर्छिन् ।

 

 

नताशा एनिमल प्रिन्ट गरिएको मोनोकोनीमा लगाएकी छिन् जुन धेरै हट देखिएको छ । उनले कालो चश्मा पनि लगाएकी छिन् । समुद्रको किनारमा उभिएकी नताशाको तस्वीरलाई अहिले उनका फ्यानहरुले धेरै नै रुचाइरहेका छन् । 

 

नताशा  एक अभिनेत्री, मोडल र नर्तकी पनि हुन्। उनले प्रकाश झा निर्देशित सत्याग्रहबाट बलिउडमा डेब्यू गरेकी हुन । उनी सलमान खानको शो बिग बॉस सीजन २ मा पनि देखा परेकी थिइन । वेभ दुनियाँ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार