• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

उदित नारायणको बलिउड गायिका नेहा कक्कडलाई बुहारी बनाउने चाहना 

मुम्बई । बलिउड की चर्चित गायिका नेहा कक्कड आजकल रियालिटी शो इण्डियन आइडल ११ मा जज मा एकदमै जमिरहेकी छिन् । यो हप्ता इण्डियन आइडलमा केही त्यस्तो कुरा हुनेछ जसलाई सुनेर तपाईहरु पनि अचम्ममा पर्नुहुन्छ । 

 

शो को सेटमा नेहा कक्कडको विवाहको पुरा तयारी भएको छ । शो मा नै केटाको परिवारले नेहालाई आफनो बुहारी मानिसकेका छन् । यो हप्ता शो मा आदित्य नारायणको बुवा उदित नारायण र दीपा नारायण पुगेका छन् । उदित नारायणले नेहा कक्कडलाई आफनो छोराको नाम लिएर जिस्काएका पनि छन् । 

 

उदित नारायणले शो मा यो पनि भन्छन् कि उनले इण्डियन आइडललाई पहिला देखि नै निहाली रहेका छन् जसको दुईवटा कारण छ । एक यो शो का प्रतियोगीहरु एकदमै राम्रा छन् र अर्को उनी नेहा कक्कडलाई आफनो बुहारी बनाउन चाहन्छन् । 

 

स्रोतको अनुसार गायक उदित नारायणको मात्र होइन उनको श्रीमती दिपा नारायण पनि नेहालाई आफनो बुहारी बनाउन चाहन्छिन् ।  नेहाको आमा बुवा पनि शो मा आएको भारतीय संचार माध्यमले जनाएका छन् । उनीहरु पनि विवाहको लागी तयार रहेको जनाइएको छ । आफनजो विवाहको खबरले अदित्य नारायण पनि भित्र भित्रै एकदमै मक्ख देखिन्थे । 

 

कुरा यो हो कि आदित्य नारायण शोलाई चलाईरहेका छन् र नेहा कक्कडसँग फल्र्ट गरिरहेका देखिन्छन्, जसलाई दर्शकले एकदमै रुचाएका छन् । सोनी टिभीले सोसल मिडियाहरुमा यसको प्रोमोलाई पनि सेयर गरेको बताइएको छ तर केही समय पनि फेरी यसलाई हटाएको स्रोतले बताएको छ । 

 

अब यो सबै कुरा हावा हो या प्रचारको लागी मात्र गरिएको हो त्यो अहिले भन्न सकिदैन ।  तर सोसल मिडियामा नेहा र अदित्यको विवाहको चर्चा भने एकदमै चलिरहेको छ । वेभ दुनियाँ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार