• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

जेएनयुमा दीपिका

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) पुगेकी छन्। गत आइतबार राति नकाब लगाएका ५० भन्दाबढी लाठी बोकेका आक्रमणकारीले जेएनयुको छात्रबास गएर विद्यार्थीहरूमाथि गरेको आक्रमणको विरोधमा ऐक्यबद्धता जनाउन उनी त्यहाँ पुगेकी थिइन्।

 

उनले जेएनमा घाइते विद्यार्थी नेतालाई भेटेर मौन विरोध प्रदर्शनमा गरेकी थिइन। जेएनयुमा भएको हिंसात्मक हमलाको विरोधमा देखिएकी अभिनेत्री पादुकोणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी समेत भइरहेका छन्।

 

पादुकोण जेएनयुमा पुगेको प्रसंगलाई धेरैले प्रशंसा गरिरहेका छन् भने सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले  भने उनको फिल्म बहिस्कार गर्ने बताएको छ।  भारतीय जनता पार्टी समर्थक विद्यार्थी मञ्चद्वारा परिचालन गरेका आक्रमणकारीले प्रहरीको समेत सहयोगमा जेएनयुको विद्यार्थी र उनीहरूका नेतामाथि आक्रमण गरेको आरोप लगाइएको थियो। यो आक्रमणमा विद्यार्थी युनियनकी अध्यक्ष आइसी घोषसमेत सख्त घाइते भएकी थिइन्।


हिंसात्मक हमलाको भारतभर विरोध भइरहेको छ। जेएनयु पुगेर आक्रमणको मौन विरोधमा सहभागी भएलगत्तै सामाजिक सञ्जालमा ‘आइ स्ट्यान्ड विथ दीपिका’ र ‘दीपिका पादुकोण’ लगायत ह्यासट्याग ट्रेन्डिङ भएका थिए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार