• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

 ‘न्यू सुपर चमत्कारिक खाता’ बाट ग्राहकले लाभ लिन सक्ने : दीपेन्द्र शर्मा

पोखरा । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । बैंकले बुधवार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरी विभिन्न योजनाहरु सार्वजनिक गरेको हो ।

 

यस योजनाबाट ग्राहकले धेरै लाभ लिन सक्ने बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले बताए । बुधबार बैंकको प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले बैंक खाता भनेको ब्याजको लागि मात्र नभएर सुरक्षा एवं सुविधाको लागि पनि हो भन्ने उद्देश्य सहित बैंकले यस्तो योजना ल्याएको जानकारी दिए ।

 

यो योजना अन्तर्गत ३ बीमा सम्बन्धी फाइदा, २ कर्जा सम्बन्धी फाइदा र २५ अन्य फाइदाहरु पाउन सकिने शर्माले जानकारी दिए । यसमा  २१ लाखसम्मका विभिन्न बीमा सुविधा (बैंक आफैले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई बीमा प्रिमियम तीर्ने) शर्माले बताए ।

 

यस्तै सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा निजले प्राप्त गर्न सक्ने शर्माको भनाई थियो ।

 

बैंकमा ग्राहकले आफ्नो इच्छाअनुरुप रकम जम्मा गर्ने सिल्भर, गोल्ड र डायमण्ड श्रृखलाका बचत योजनाहरु न्यू सुपर चमत्कारिक खाताहरुमा प्राप्त गर्ने सक्नेछन् । तीन फरक खाताहरुमा बार्षिक ६।५ प्रतिशत ब्याजदर प्राप्त हुनेछ भने डायमण्ड श्रृङ्खला बचतबाट अझै बढी सुविधाहरु पनि प्राप्त गर्न सकिनेछ । साथै खातावालाको जीवन सहज गर्नका लागि घरमै बैंकिङ्ग सुविधा, निशुल्क डिम्याट खाता खोल्ने, निशुल्क ई–कमर्श एक्टिभेसन, निशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निशुल्क क्रेडिट कार्डको सुविधाहरु पनि यस योजनामा समावेश गरिएको  छ ।

 

यस्तै खाताको अर्को आकर्षण भनेको स्विप इन–स्विप आउट सुविधा हो । जसअन्र्तगत बैंकले सुपर चमत्कारिक बचत खातामा रु २ लाख भन्दा बढी रकम भएमा उक्त रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गरी सो रकमा ९.७५ प्रतिशत सम्मको ब्याजदर प्रदान गरिने शर्माले जानकारी दिए ।

 

एनआइसी एशिया बैंकमा न्यू सुपर चमत्कारिक खाताहरु खोली चमत्कारिक प्रतिफल, सुरक्षा र सहजताको लाभ उठाउन शर्माले आग्रह पनि गरे । बैंकका मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार