• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

पहाडीको २९ औँ पुस्तक प्रकाशित

 काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको जगत्मुखी, जीवनमुखी, सेवामुखी, जिजीविषा नामक पुस्तक प्रकाशित भएको छ ।

यसै वर्ष राष्ट्रिय सञ्चारमाध्यममा छापिएका पहाडीका २५ वटा आलेख संग्रहित यो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकहरुको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो ।

 

 रु ३ सय मुल्य रहेको १२२ पृष्ठको यो पुस्तक विक्रिबाट प्राप्त हुने सम्पूर्ण रकम मानव अधिकार तथा शान्ति समाजको अभियान र कार्यक्रममा खर्च गरिने छ ।

 

साहित्य÷सिर्जना फाँटमा कृष्ण पहाडीका दुई वटा कथा संग्रह, एउटा उपन्यास, दुई वटा गीत संग्रह, दुई वटा नियात्रा, दुई वटा नाटक संग्रह, चार वटा कविता संग्रह, दुई वटा मुक्तक संग्रह र छ वटा आलेख संग्रह, जेल जर्नल, दुई वटा प्रबन्ध÷निबन्ध संग्रह, एउटा अंग्रेजी कविता संग्रह र एउटा हिन्दी कविता संग्रह गरी २९ वटा पुस्तक प्रकाशित भएका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार