• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

शिक्षामा पहुँच र गुणस्तरका लागि सूचना प्रविधि शिक्षा आवश्यक 

पोखरा । शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पोखरामा आयोजित एक कार्यक्रममा शिक्षामा पहुँच र गुणस्तर वृद्धि गर्न सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ आवश्यक हुनेमा जोड दिइएको छ ।

 

शिक्षा विकास तथा समन्वय एकाइ कास्कीको संयोजनमा आयोजित ‘भर्चुअल’ कक्षा शिक्षण अभिमुखीकरण एवं पृष्ठपोषण सङ्कलन गोष्ठीका वक्ताले नवीनतम प्रविधिको उपयोगका माध्यमबाट समयसापेक्ष प्रतिस्पर्धा गर्न सक्ने किसिमको शिक्षा प्रदान गर्नुपर्ने बताए ।

 

प्रदेश शिक्षा निर्देशनालय पोखराका निर्देशक तिलकप्रसाद सिलवालले अबको लक्ष्य गुणस्तरीय शिक्षा नै भएको उल्लेख गर्दै सूचना प्रविधिमा आधारित सिकाइको अधिकतम उपयोग गर्ने गरी लाग्नुपर्ने बताए । शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले केही शैक्षिक संस्थामा सूचना प्रविधिमा आधारित सिकाइ शुरु भइसकेको बताउँदै यसको पहुँच बढाउने गरी लाग्नुपर्ने बताए । 

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधवप्रसाद दहालले परम्परागत शिक्षा पद्धतिका विकल्पका रुपमा भर्चुअल कक्षाको अवधारणा अघि आएको बताए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सूचना प्रविधि स्टुडियो स्थापना गरिएको बताउँदै उनले सूचना प्रविधिमा आधारित सिकाइ विद्यार्थीलाई वैकल्पिक तरिकाबाट सिक्न सक्ने पूरक सामाग्री समावेश गरिएको कार्यक्रम भएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार