• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

 ‘पहिचान सम्मान–२०२०’ खगेन्द्र संग्रौलालाई

काठमाडौं । यस वर्षको  ‘पहिचान सम्मान–२०२०’ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलालाई  प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषले मंगलबार एक विज्ञप्ति जारी गर्दै ४ लाख २ हजार २ रुपैयाँ राशीको सम्मान संग्रौलालाई प्रदान गर्ने घोषणा गरेको हो । 

 

पहिचान स्थापनामा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई हरेक पाँच वर्षमा एकपटक  ‘पहिचान सम्मान’ प्रदान गर्ने कोषले जनाएको छ । सन् २०१५ मा स्थापित पुरस्कार कोषले चार वर्ष  ‘पहिचान पुरस्कार’ प्रदान गर्दै आएको थियो ।

 

यसअघि २०१६ मा  ‘फेरिदो सौन्दर्य’ निबन्ध संग्रहका लागि राजन मुकारुङलाई, २०१७ मा ‘गोयाङको सुगन्ध’ कविता संग्रहका लागि मृत्युपर्यन्त अर्जुन खालिङलाई, २०१८ मा ‘भुइँया’ का लागि यज्ञशलाई, २०१९ मा  ‘नथिया’ उपन्यासका लागि सरस्वती प्रतीक्षा र  ‘आफर’ संयुक्त कविता संग्रहका लागि उन्मुक्त पुस्तालाई २ लाख २ हजार २ रुपैयाँको पुरस्कार प्रदान गरिसकिएको छ ।

 

यो सम्मान प्राप्त गर्ने संग्रौला पहिलो लेखक हुन् भने सम्मान चैत २२ गते काठमाडौंमा प्रदान गरिनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार