• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
फेशन

‘मिसेस् युनिभर्स’ मा अनिलाले हात पारिन् दुई उपाधी 

काठमाडौं । चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’ मा नेपालको प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधी जित्न सफल भएकी छन् । उनले प्रतियोगितामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधी हात परेकी हुन् । 

 

सोमबार अर्थात डिसेम्बर ३० मा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न यो प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२ औं संस्करण हो । प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागीता रहेको थियो ।

 

उनलाई ईप्लानेट प्रा.लि ले ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधीका साथ उक्त प्रतियोगितामा पठाएको थियो । प्रतियोगितामा शिर्ष उपाधी भने म्यानमारले जितेको थियो ।

 

आफुलाई फेसन कोरियोग्राफरका रुपमा स्थापित गर्न सफल अनिला श्रेष्ठ २००५देखि प्याजेन्ट क्षेत्रमा उदाएकी थिइन् । ग्रीन आर्टस् मिडियाका कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर समेत हुन् । 

 

एकदशक भन्दा लामो समय प्याजेन्ट क्षेत्रमा बिताइसकेकी अनिलाले थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफरका रुपमा काम गरिसकेकी छिन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार