• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अन्तर्वार्ता

‘जनवरी १ देशभर विशेष हुनेछ’

काठमाडौं । सरकारले पर्यटन वर्ष २०२० मा २० लाख बढी पर्यटक नेपाल भित्रयाउने लक्ष्य लिएको छ । नेपाल भम्रण वर्ष (भिजिट नेपाल) २०२० सुरु हुन अब मात्र दुई दिन बाँकि छ । सरकारले भ्रमण वर्षको प्रादेशिक समिति बनाएर तयारीका कामलाई तीब्रताका साथ अगाडि बढाएको छ । सातवटै प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको अध्ययन तथा अनुगमन गर्ने र प्रत्येक नगरपालिका तथा गाउँपालिकाका पर्यटकीय स्थलहरुको पहिचान गरी प्रचार प्रसारमा स्थानीय सरकारहरु लागिपरेको छन् । सातै प्रदेश भ्रमण वर्षको भव्य स्वागत गर्दै विभिन्न कार्यक्रम गर्ने तयारीमा जुटेका छन् । नेपाल भम्रण वर्ष २०२० का लागी गण्डकी प्रदेशलाई अन्य प्रदेश भन्दा बिशेष रुपमा हेरिएको छ । शुभारम्भ तथा उद्घाटन समारोह २०७६ पौष १६ गते २ बजे बाराही खेल मैदान लेकसाइडबाट हुनेछ ।


नेपाल भ्रमण वर्ष सफल पार्न देशका सातवटै प्रदेशले आ–आफ्नो योजना अघि सारेका छन् भने निजी क्षेत्रले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बिभिन्न प्रकृतिक दृश्य र पदमार्गले लोकप्रिय गण्डकी प्रदेशका ११ वटै जिल्लाको विशेष महत्व छ । पदमार्ग,बञ्जीजम्प, प्याराग्लाइडिङ, साहसिक खेलहरुमा यो क्षेत्र चर्चित छ । सम्पदा संरक्षण गर्दै पर्यटकलाई सम्पदा अवलोकन र परम्परागत विभिन्न पेशाहरुको प्रवद्र्धन गर्दै पर्यटकको बसाई लम्ब्याउने कार्यक्रमहरु गर्दै गण्डकी प्रदेश यतिवेला आन्तरिक तथा बाह्य पर्यटकको स्वागतमा जुटेको छ । नेपाल भम्रण वर्ष २०२० को सेरोफेरोमा रहेर फ्रेसन्युज नेपालले कडेंलसँग गरेको कुराकानी : 


भ्रमण वर्ष २०२० को तयारी कस्तो भईरहेको छ ? 
जनवरी १ हाम्रो संघार मै आइपुगेको छ । पहिलो तथा शुभारम्भको दिन भएकाले हामी नेपालीका लागि यो बिशेष दिन हुनेछ । सरकारले २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषण गरेको छ । यसलाई कसरी भब्य र सभ्य बनाउन सकिन्छ भन्ने अभियानमा हामी सबै लागिपरेका छौं । निजि क्षेत्रबाट पनि व्यवसायी साथीहरु यो अभियानलाई सफल बनाउन तत्परताका साथ लागि पर्नुभएको छ ।


यसको तयारीको लागी हामी मात्रै यसमा जुटेर पुग्दैन देशबासी सबैले यसलाई हाम्रो सम्बृद्धीको सपना भनेर अघि बढ्नु जरुरी हुन्छ । प्रदेश स्तरका संरचना, सरकारी निकाय, निजी क्षेत्र सबैलाई यसमा जुटन हामीले अनुरोध गरेका छौं । गण्डकी प्रदेशको कुरा गर्दा यहाँका ११ वटै जिल्लाको अपनत्व हनेगरी प्रचार प्रसार र अन्य तयारीमा लागेका छौं । सरकारले जुन समयमा घोषणा गर्‍यो त्यहि समयबाट हामी लागेको भए कार्यक्रम अझै प्रभावकारी हुन सकथ्यो तर समय अभावले त्यसो हुन सकेन । शुभारम्भको दिन विभिन्न सास्कृतिक झाकी सहित कार्यक्रमहरुको आयोजना गरिनेछ । यसका साथै कृषिजन्य उत्पादन, हस्तकला, घरेलु उद्योगलाई हामीले पहिलो प्रथामिकतामा राखेका छौं । फिस्टेल गेटबाट भम्रण बर्षको शुभारम्भ गरिनेछ भने रत्न मन्दिर परिसरमा कार्यक्रम तय गरिएको छ ।


यहाँको रत्न मन्दिर, हेमा गृह अहिलेसम्म पनि सार्वजनिक रुपमा खोलिएका छैनन् । हामी भम्रण बर्षको पूर्व सन्ध्यामा यसलाई खोल्नुपर्छ  भनेर लागेका छौं । यो कुरालाई हामीले धेरै अघिदेखि पहल गरेका थियौं तर सरकारको ध्यान यसतर्फ पुग्न सकेन । सरकारसंगको पहल अझ पनि जारी छ । सरकारले खोल्ने आश्वासन त दिएको छ तर लिखित रुपमा निर्णय भने आएको छैन । 


यो त पहिलोे दिनको तयारी भयो, यहाँहरुले बार्षिक कार्यक्रमहरु के–के तय गर्नुभएको छ ? 
गण्डकी प्रदेश हिमाल र प्राकृतिक दृश्य अवलोकनका लागि चर्चित छ । यहाँ बिदेशी पाहुनाहरु पदमार्गका लागि आउने गर्छन । पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको पनि यसमा चासो बढेको छ । यसपटक पदमार्गका लागि केहि नयाँ रुटहरु खोल्ने तयारी गरिएको छ । केहि प्रशिद्ध पदमार्गहरु छन् । तिनीहरुलाई व्यवस्थीत गर्ने तयारी भईरहेको छ । नयाँ रुटहरुमा पोखरा–सिकलेस हुँदै कोपुचे तालसम्मको रुट तय हुँदैछ । यो हिमताल पनि हो । त्यहाँबाट पनि मनाङसम्मको रुट तय हुन सक्छ । मनाङ देखि मुक्तिनाथ, धौलागिरी परिपथ । यी रुटलाई केहि व्वस्थीत गर्ने भन्ने तयारीमा हामी जुटेका छौं । पोखराबाट काठमाडौंसम्म साइकिलिङको लागि बिस्तार गर्ने सकिन्छ कि भन्नेमा पनि हामीले सोच बनाएका छौं । पोखरामा जे जति तालहरु छन यसमा पर्यटकलाई आकर्षित गर्ने सकिएको छैन । आगामी दिनमा पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने तिर हामीले बढि ध्यान दिन जरुरी छ । 


गण्डकी प्रदेशको हकमा भन्ने हो भने होमस्टेले पनि निकै चर्चा पाएको थियो, पर्यटकको आर्कषण होमस्टेमा कस्तो देख्नुहुन्छ ?
ग्रामिण क्षेत्रमा अर्थतन्त्रको संकट थियो । विगतमा आयआर्जनको पाटोमा थप टेवा पुगोस भनेर होम स्टेको अबघारणा सुरु भएको हो । पर्यटक पनि रमाउने र स्थानीयहरुको अर्थ उपार्जनमा सहयोग पनि पुग्छ भन्ने लक्ष्यका साथ होसस्टेको सुरुवात भएको हो । ग्रामिण भेगमा ठूला होटलहरु पनि नहुने र त्यहाँ लगानी गर्दा त्यसले प्रतिफल पनि तत्काल नदिने हुँदा होमस्टे सुरु भएको हो । सिरुवारी, घलेगाउँ जस्ता ठाउँहरु जहाँ पर्यटकका लागि पनि आकर्षण होस त्यस्ता ठाउँहरुमा होमस्टे हुँदा स्थानीयलाई पनि केहि फाइदा पुग्छ । होमस्टेलाई फरक तरिकाले बुझियो कि भन्ने लाग्छ । जहाँ पायो त्यहि होमस्टे संचालन गर्दा त्यसले प्रतिफल नदिन सक्छ ।


नेपाल आउने पर्यटक कति प्रतिशत पोखरा आउँछन ?
प्राकृतिक सुन्दरताले भरिएको छ गण्डकी प्रदेश । नेपाल आउने पर्यटक मध्य झण्डै ४० प्रतिशत पर्यटक पोखरा आउँछन । सबै पर्यटकहरु पदमार्गका लागि अथवा हिमालहरुको आरोहण कै लागि आउदैनन् । उनीहरु पोखरा मै बसेर यहाँका हिमालहरुको अवलोकन गर्न सक्छन । यहाँको प्राकृतिक सौन्र्दय अवलोकनको आनन्द लिन सक्छन । जसलाई छोटा दुरीका पदमार्ग जान मन छ, त्यस्ता स्वदेशी तथा विदेशी पर्यटकहरुले पनि फाइदा लिन सक्छन । अन्नपूर्ण बेस क्याम्प, विश्वको गहिरो ताल, धम्पुसको लालीगुराँस जंगल यहाँका विशेष आकर्षणहरु हुन । पर्यटकलाई रमाउने अन्य प्रशस्तै ठाउँहरु छन । 


सरकारले नाराका रुपमा भ्रमण बर्षलाई व्यापक प्रचार गरेको छ तर यसको व्यवस्थापनमा त कमी नै देखिन्छ ? अहिले पनि नेपाल आउने पर्यटक दुव्र्यवहारका शिकार भएका छन् । 
यो हामी सबै नेपालीका लागि लज्जाको विषय हो । नेपालमा लाखौं पर्यटक ल्याउने अर्थतन्त्रलाई पनि मजबुद बनाउने भन्छौं तर विमानस्थल मै पर्यटकले दु.ख पाउँछन । घण्टौं लाइनमा बस्दा पनि उनीहरुले सजिलै आफना सामानहरु पाउँदैनन् । यो ठुलो कमजोरी हो ।  विमानस्थलका कर्मचारीको बोल्ने शैली, व्यवहार जस्ता अनेकन कुराहरुमा सुधार हुन जरुरी छ । पर्यटकलाई स्वागत गर्ने हो भने विमानस्ल बाटै हाम्रो हार्दिकता झल्कनुपर्छ । त्यहाँ हुने व्यवहार, त्यहाँको प्राविधिक पक्ष छिटो छरितो हुनुपर्छ । केहि त्यस्ता पर्यटकहरु छन् जो दर्जनौ पटक यहाँ आइरहेका हुन्छन । यस्तो क्रम अझै बढोस । ती पर्यटकहरुलाई आकर्षित गर्न थप गन्तव्य तथा सेवा सुविधा विस्तारमा निजी क्षेत्र र सरकारले विशेष चासो दिने हो भने आउने वर्षहरुमा पर्यटकको संख्या अझ धेरै बढ्नेछ । 


प्रस्तुति : देवी सापकोटा 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार