• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

मिस पूर्वाञ्चलको ताज रिजु भट्टराईलाई

धरान  ।  धरान सभागृहमा सम्पन्न नेपालआइस मिस पूर्वाञ्चल को दसौ संस्करणको ताज  १९ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै पथरी शनिश्चरे९ मोरंगकी रिजु भट्टराईले पहिरिएकी छिन् ।

टप १२ हुदै टप ५ मा पुगेपछि मुख्य निर्णायक वरिष्ठ गायक दीप श्रेष्ठको नेपाल भ्रमण बर्ष २०२० सफल  बनाउन गर्नुपर्ने महत्वपूर्ण पक्ष के हो  ? भन्ने प्रश्नको उत्तरमा मिस पथरी सनिस्चरे २०१९ कि बिजेता समेत रहेकी रिजुले हामी हिमाल पहाड वा तराइ जहाँको भए पनि पर्यटनलाई प्रबर्धन गर्न आ आफ्नो कर्तब्य पालन गर्न भुल्नु हुँदैन भन्ने उत्तर दिएकी थिइन ।

नेपाल आईस मिस पुर्वान्चल २०१९ बिजेता भट्टराईलाई मिस पूर्वान्चल २०१८ पुजा श्रेष्ठले ताज पहिराए थिइन ।

 

ओम शान्ति कम्पनि लिमिटेड, कोरियाका अध्यक्ष गंगाराज राईले दुई लाखको चेक हस्तान्तरण गरेका थिए भने सिजी ब्रुअरीका सिनियर म्यानेजर मनिष सिंहले हङकङ टुरको टिकट दिएका थिए । त्यस्तै उनलाई पर्यटकीय स्थल भेडेटारको नया भेडेटार पर्यटन सद्भावना दुत घोषणा गरिएको थियो ।

 

मिस पूर्वान्चल २०१९ को फर्स्ट रनरअप खोटाङ कि एन्जल राई भईन । उनले भेडेटार एडभेन्चर को निर्देशक किरण राईले नगद १ लाखको चेक हस्तान्तरण गरेका थिए । उनले नेपालआईस मिस मल्टीमेडिया र डिभाइन मिस फोटोजेनिकको सब टाइटल समेत जित्न सफल भईन ।

 

त्यस्तै सेकेन्ड रनर अप धरानकी सिम्रन लिम्बु घोषणा भईन । उनलाई युएन नवोदय कलेजका बिएचएम संयोजक गगन श्रेष्ठले नगद पचास हजारको चेक हस्तान्तरण गरेका थिए भने २०१८ कि तपस्या रनापहेलीले ताज लगाई दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार