• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

किम्फमा माइकल सुलिमाको  ‘पियानो टु जंस्कर’ उत्कृष्ट

काठमाडौ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा माइकल सुलिमाको ‘पियानो टु जंस्कर’ उत्कृष्ट घोषित भएको छ ।

 

आइतबार आयोजित किम्फको समापनमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा तर्फको उत्कृष्ट हुँदै ‘पियानो टु जंस्कर’ फिल्मले दुई लाख रुपैयाँ जितेको हो। त्यस्तै, कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो हुँदै एक लाख ५० हजार रुपैयाँ र मार्गा गुटेरिजको ‘रोप्स्’ ले तेस्रो हुँदै एक लाख रुपैयाँ जितेको थियो।

 

नेपाल पानोरामाअन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेड अफ माने’ गैर–कथानक ९ननफिक्सन० फिल्म घोषित हुँदै क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गरेको थियो।

 

त्यस्तै यसवर्षको उत्कृष्ट साहसिक पर्वतीय फिल्म जोस्ट भानको ‘ड्रोम्मेल्याण्ड’ हुन सफल भएको छ। उत्कृष्ट फिल्मलाई पासाङ ल्यामु शेर्पा फाउन्डेसनबाट एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ। धोंडुप छिरिङको ‘आमा खान्डो’ ले सबैभन्दा बढी दर्शकहरूको रोजाईमा परेर ‘अडियन्स अवार्ड’ जितेको थियो। फिल्मले ७५ हजार रुपैयाँको जितेको थियो।

 

‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा नवविजय प्रकाश श्रेष्ठको ‘एकता’ पहिलो, भिरा फिल्म्स्को ‘अल्टर द चेन्ज’ दोस्रो र दीपक सुब्बाको ‘द रेड स्काफ’ तेस्रो हुँदै क्रमश : ४० हजार, ३० हजार र २० हजार जितेका थिए।  महोत्सवमा ‘परिवर्तित नेपाल’ छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन भएका थिए। किम्फको १७ औं संस्करणमा नेपाललगायत २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन भएका थिए। फिल्म हेर्ने दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण लगायत विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगवादी फिल्महरू प्रदर्शन भएका थिए।

 

‘पछाडी पारिएकाहरुको अवाज’ नारासहित आयोजना भएको महोत्सवको समापनमा स्वीस कथानक फिल्म ‘हाइडी’ प्रदर्शन गरिएको थियो। महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रदर्शनमा राखिएका थिए। एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास पनि दिइएका थिए।

 

समापन कार्यक्रममा किम्फका अध्यक्ष वसन्त थापाले  फिल्म भनेको बौद्धिक र सिर्जनात्मक हुन्छ भन्ने मान्यता किम्फले स्थापित गर्न लागिपरेका बताएका थिए । मंसिर २५ देखि २९ गतेसम्म राजधानीको सभा गृह र नेपाल पर्यटन बोर्डमा किम्फ सञ्चालन भएको महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा र ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएका थिए। नेपाली पानारोमाअन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन भएका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार