• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राती करिब १० बजेर ३० मिनेटमा काठमाण्डौको चाबहिलस्थित ओम अस्पताल पुर्याउदा उनको निधन भईसकेको अस्पताल श्रोतले जनाएको छ। ह्रदयघातका कारण उनको मृत्यु भएको बताइएको छ । बिरामी भएपछि चावहिलस्थित ओम अस्पतालमा लगिएका भट्टराईलाई अस्पतालले मृत घोषणा गरेको थियो । 

 

भट्टराई उच्च रक्तचाप र सुगरका बिरामी थिए । उनको शरीर श्रद्धान्जलीका लागि आज दिउँसो २ बजे चलचित्र विकास बोर्डमा राखिने भएको छ । भट्टराईको पार्थिव शरीरसँगै अभिनेता दीपक क्षेत्रीको पार्थिव शरीर आज सोही समयमा बोर्डको प्रांगणमा राखिने छ । क्षेत्रीको मृत्यु ५८ वर्षको उमेरमा शनिबार भएको थियो । 

 

भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने ‘आफ्नो मान्छे’, ’छोडी गए पाप लाग्ला’, ’देवर बाबु’, ’कर्मयोद्दा’, ’सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।

 

निर्माता तथा कलाकार समेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । भट्टराईको एक छोरा र श्रीमती छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार