रहिनन् भारतीय अभिनेत्री गीता सिद्धार्थ
मुम्बई । बलिउड अभिनेत्री गीता सिद्धार्थको निधन भएको छ । उनको शनिबार मुम्बईमा निधन भएको हो।
सन् १९७२ मा उनले फिल्म करियर शुरु गरेकी थिइन् । शोले, गर्म हवा, परिचय, त्रिशुल, उनले अभिनय गरको बहुचर्चित फिल्म थियो ।
चार दशक लामो फिल्म करियरमा उनले बलराज सहानी, जितेन्द्र, जया भादुडी जस्ता चर्चित कलाकारहरुसँग फिल्ममा अभिनय गरेकी थिइन ।
उनी १९७०-८० को दशकका चर्चित अभिनेत्री हुन् ।
प्रतिकृया दिनुहोस