• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

जमैकाकी टोनी बनिन् मिस वर्ल्ड २०१९

काठमाडौं । यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि  जमैकाकी सुन्दरी टोनी एन सिंले जितेकी छिन् । 

 

शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डको उपाधी आफनो पोल्टामा पारेकी हुन । यस्तै दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन्।

 

मिस वर्ल्ड २०१८- भनिसा पोन्सले टोनीलाई आफ्नो ताज पहिराएकी थिइन। यस्तै नेपालकी मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ब्युटी विथ द पर्पोज विधा जित्न सफ भइन । नेपाली सुन्दरी  श्रेष्ठ उत्कृष्ट टप ५ मा पुग्न सफल भएकी थिइन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार