• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

मलाई सधै नारी शक्तिशाली लाग्यो : रानी मुर्खजी

मुम्बई । फिल्म ‘मर्दानी’ मार्फत म महिलाहरूलाई यो भन्न चाहन्छु कि हामी त्यस्तो समयमा आएका छौं जहाँ हामीले हाम्रो सुरक्षा बारे आफै सोच्नुपर्छ । आज हामीलाई जो कोहीले पनि आक्रमण वा खराब बनाउन सक्छ । त्यो कुनै पनि उमेर वा अनुहारको हुनसक्छ । त्यो अज्ञात अनुहार १८ वर्ष भन्दा कम उमेरको पनि हुनसक्छ । 


पहिला फिल्महरुमा जस्तो भिलेन हामी देख्थ्यौं अहिले त्यस्तो छैन । त्यसैले पनि केटीहरु अझै सचेत हुनु जरुरी छ । हामीलाई केही भयो या हामी कसैबाट असुरक्षित छौं भने हामीलाई कसैले पनि बचाउँदैन । हामीले आफनो सुरक्षा आफै गर्नुपर्छ । 


यो हप्ता प्रदर्शनमा आएको फिल्म ‘मर्दानी’ कि रानी मुखर्जीले वेभ दुनियाँ सँगको कुराकानीमा यस्ता धेरै घटनाहरु भएको सुनाइन । कोही पनि बच्चा यही काम गर्छु भनेर आफनो आमाको पेटबाट जन्मेको हुँदेन । त्यो बच्चाले आफनो वरपर भएका कुराहरुबाट त्यो कुरा सिक्छ ।

 

उदाहरणको लागि, यदि कुनै बच्चा आफ्नो आमालाई बाल्यकालदेखि नै कुटपिट भएको देख्छ भने उसले यो अवश्य महशुस गर्छ कि मेरी आमाले किन कुटपिट गर्न सक्दिनन् । के बाँकी महिला मेरी आमा वा बहिनी होइनन् जसले अझै खराब व्यवहार गर्न सक्छ ।

 


 

त्यस समय तपाईले एडीजी एसआरपीएफ अर्चना त्यागीलाई भेट्नुभयो । केही झलक तपाईको चरित्रमा देख्नुभयो ?
मर्दानी र मर्दानी २ को क्रममा मैले अर्चना त्यागीलाई भेटेकी थिए । त्यतिबेला मैले उनको तरिकाहरू देखें । उनको मात्र होइन । मैले अन्य महिला पुतिसहरुको काम गर्ने तरिकाहरु नियाले । यीनै सबै महिलाहरुको तौर तरिकाको अनुसार मर्दानी बनेको छ जुन फिल्म हेरेपछि थाहा हुन्छ । त्यतिबेला कसरी उनले त्यहाँको क्राइम रोक्ने कोशिस गरिन । यदी तपाई हाम्रो देशको महिला पुलिस अफिसरहरुलाई देख्नुहुन्छ तब थाहा पाउनुहुन्छ कि उनीहरुमा केही कुराको पनि कमी छैन । उनीहरु यस्ता यस्ता खतराहरुको सामना गरिरहेका हुन्छन् कि के भन्ने । त्यसै पनि पुलिसको कुनै जात हुँदैन त्यो त हामीले महिला पुलिस भन्ने गरेका हौं । 


के तपाई वास्तविक जीवनमा ‘मर्दानी’ बन्नुभएको छ ?
धेरैपटक, म जब मौका आउँथ्यो आफनो हात घुमाएर दिन्थे । हामी बंगालीहरु मां दुर्गा, मां कालीको प्रार्थना गर्ने गर्छौ । हामी जब महिषाशुरलाई आफनो आमाको खुट्टामा देख्छौं तब कहिले नारीलाई कमजोर देख्दैनौं । मेरो बुवा झांसी को हुनुहुन्छ । हामी बाल्यकालमा जब झांसी जाने गर्थ्यो तब हामीलाई बुवा बिहान दुध र जेरी खुवाएर मर्निङ वाकमा रानी लक्ष्मीबाईको ठाउँमा लिएर जानुहुन्थ्यो जहाँ लक्ष्मीबाईले घोडाबाट हाम फालेकी थिइन । तब बुवा भन्ने गर्नुहुन्थ्यो कि धेरै युद्ध लडेकी मर्दानी झाँसीकि रानी थिइन, किनकी मेरो नाम पनि रानी थियो । मलाई सधै महिला शक्तिशाली लाग्थ्यो । म सोच्थे कि महिला पुरुष भन्दा कम हुँदैनन् बरु उल्टै पुरुष महिला भन्दा कम हुन्छन् । 

 


 

हालै एडीजी  भोपाल, पल्लवी त्रिवेदीले आमाबाबुलाई यौन अपराध रोक्न केही सल्लाह दिएका छन् । यसमा तपाईको प्रतिक्रिया के छ ?
मलाई लाग्छ देशका हरेक महिला पुलिसले यी सबै चीजहरूको लागि आवश्यक सुझावहरू दिनुपर्दछ । मानिसहरूलाई स्कूलमाया जाँदा होस् या कुनै सेमिनारमा लिएर त्यस्ता अपराधहरू विरुद्ध सचेत गराईरहनु पर्छ । इजरायलमा हेर्नुहोस, हरेक महिलालाई आत्मरक्षाको चाल सिकाइन्छ, अर्थात् क्रमागा । सिकाइएको छ ।


कोही पनि इजर्याली महिलासँग गडबडी गर्न सक्दैन, त्यसरी नै हाम्रो देशका केटीहरूले महिलाहरुलाई केही जुक्तिहरु सिकाउनु पर्छ । महाराष्ट्रमा मात्र मर्दानी छन् जो तरवार सिकाउँछन । यदि बच्चाहरूलाई बाल्यकालदेखि नै उनीहरूको सुरक्षा सिकाइयो भने तब हामी नजिकको संसार धेरै परिवर्तन हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार