• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।

 

नेताहरुको व्यस्तताका कारण बैठक सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठक शनिबार वा आइतबार बस्ने टुंगो भने लागि नसकेको उनले बताए।

 

स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनावको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका बारे छलफल गर्न नेकपाको सचिवालय बैठक आजका लागि डाकिएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार