• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

अनुष्काले जितिन मल्टिमिडिया अर्वाड 

काठमाडौं । मिस वल्र्डमा सहभागी  मिस नेपाल अनुष्का श्रेष्ठले मिस वल्र्ड २०१९ मा मल्टिमिडिया अर्वाड जितेकी छन् । 

 

अवार्ड जितेपछि उनले आफनो फेसवुक भिडियो लाइभ मार्फत सबैलाई बधाई दिएकी छिन् । उनले भनेकी छिन्, नेपालीहरुको माया,सद्भाव र हौसलाले नै आफुले मल्टिमिडिया अर्वाड जित्न सकेको भन्दै उनले सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिएकी हुन ।

 

मंगलबार आयोजना भएको हेड टु हेड च्यालेन्ज को दोस्रो राउण्ड जितेर उनी सिधै टप ४० मा पुगेकी थिइन् । ‘मिस वल्र्ड ’ को ग्राण्ड फिनाले भोली (शनिबार) लण्डनमा हुँदैछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार