• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
खेलकुद

सागमा स्वर्ण जित्नेलाई जनही ९ लाख, रजत पदकलाई ६ लाख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

 

प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा एक कार्यक्रमको आयोजना गरि स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरे ।

 

सागमा एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने जनही ११ लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरि टिम इभेण्टमा स्वर्ण जित्ने टोलीका सदस्यलाई ५ लाख र स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकलाई ५ लाख रुपैयाँ दिने घोषणा प्रधानमन्त्री ओलीले गरेका हुन ।

 

सागमा रजत पदक जित्ने खेलाडीहरुलाई जनही ६ लाख र कास्य पदक जित्ने खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने उनले बताए । टिम इभेन्टमा रजत जित्ने तथा टिम म्यानेजर र अन्य सहयोगीलाई दिइने रकमका विषयमा भने कुनै घोषणा गरिएन् ।

 

काठमाडौं, पोखरा र जनकपुरमा १० दिनसम्म चलेको १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यपदक जितेको थियो । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र कास्य ९५ गरी कुल २०६ पदक जितेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार