• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

साग विजेता खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले नौ लाख दिने घोषणा गरेको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन् । यस्तै रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैयाँ दिने पनि प्रधानमन्त्रीले घोषणा गरे ।

 

कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए । उद्घाटन र समापन समारोहमा सरिक हुन नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा सागमा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् पदाधिकारीहरू बालुवाटार पुगेका थिए ।

 

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र कास्य ९५ गरी कुल २०६ पदक जितेको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार