• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
फेशन

नायिका ऋचा शर्माको ब्राइडल अवतार

 काठमाडौं । गत शनिबार प्रेमी दिपेक्ष बिक्रम राणासंग  बैवाहिक जीवनमा बाधिएकी नायिका ऋचाले  ब्राइडल शुट गराएकी छन् ।

 

डिजाइनर शिवांगी प्रधानले तयार पारेका मरुन एव शिल्भर हेभी वर्क कम्बिनेशन लेहेंगा सुटमा मिठो मुस्कान सहित  नवविवाहिता ऋचा शर्मा आकर्षक एवम सुन्दर देखिएकी छिन् 'खुशीहरु मनाउदै' भन्ने क्याप्सनसहित उनले यी आकर्षक तस्वीरहरु आफ्नो सोसियल अकाउन्ट मार्फत शेयर गरेकी हुन ।

 

मंसिर २१ गते बुढानिलकण्ठ स्थित पार्क भिलेजमा उनको स्वयमबर भएको थियो र आउँदो बिहिबार मंसिर २६ गते ठमेल स्थित छाँया कम्प्लेक्स अवस्थित होटेल अलफ्टमा उनले आफ्नो बिवाहको रिसेप्सन पार्टी राखेकी छिन्  ।

 

प्रस्तुती : जयन सुब्बा मानन्धर

तस्वीर : स्बिश्वास पुन मगर

मेकअप एव हेयर :  ज्योति लिम्बु ,लाशेश मेकअप स्टुडियो

डिजाइनर  : शिवांगी प्रधान 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार