• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

प्रिया र आशिष 'मिस्टर एन्ड मिस रौनियार'

काठमाडौं । रौनियार जातिका युवायुवतीमा रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले पहिलोपटक  'मिस्टर एन्ड मिस रौनियार २०१९’ नेपाल सम्पन्न भएको छ ।  

 

प्रतियोगितामा राजधानी बाहिर र राजधानीबाट ६० रौनियार युवायुवतीले आवेदन दिएका मध्य १२ महिला र १२ पुरुष गरी २४ जना  छनोटमा परेका थिए। सहभागीहरूलाई आवशयक सम्पूर्ण ग्रुमिंग फेशन कोरियोग्राफर एव संचारकर्मी जयन सुब्बा मानन्धरले, गरेकी थिइन् ।

 

प्रशिक्षण समयमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई  प्रतियोगीहरूसंग  साक्षात्कार गराइएको थियो । नृत्यमा  नृत्य निर्देशक गोबिन्द राई ,फोटोग्राफी टिप्समा एस फेशन फोटोग्राफर संजय रौनीयार ,फेशन टिप्समा  फेशन डिजाइनर तेन्जिंग छेतेन भुटिया, सेलेब्रेटी स्पीकर नायिका संचिता लुइँटेल एव गायक रबीराज शाहले  आफ्नो अनुभव शेयर गरेका थिए  । 

 

एमी इन्टरटेन्मेन्ट आयोजक रहेको उक्त  प्रतियोगितामा प्रिया रौनियार पहिलो मिस रौनियारको उपाधि  जित्न सफल भंइन्  भने पुरुषतर्फ मिस्टर रौनियारको उपाधी आशिष रौनियारले हात पारे ।  

 

त्यस्तै महिलातर्फ क्रमश फस्ट रनरअप जानवी गुप्ता र सेकेन्ड  रनरअप एञ्जल रौनियार एवं  पुरुषतर्फ फस्ट रनरअप रोहित रौनियार र सेकेन्ड रनरअप मोहित रौनियार बनेका छन्। पुरुषहरुका लागि  अफिसियल डिजाइनर नबिन एवं महिलाहरुका  लागि टिपाज क्रिएशनले  तयार पारेका  आकर्षक डिजाइनमा २४ जना रौनीयार प्रतियोगीहरु स्टेजमा आकर्षक देखिएका थिए । 

 

एड्भरटाइजिंग एसोसिएसन अफ नेपालका अध्यक्ष रबिन्द्र कुमार रिजाल प्रमुख निर्णायक एव सिनियर डान्स डाइरेक्टर गोबिन्द राई, एस फेशन फोटोग्राफर संजय रौनियार, नायिका संचिता लुइँटेल ,कोरियोग्राफर एव कलाकार प्रशान्त ताम्राकार तथा गायक सचिन रौनियार निर्णायक मण्डलमा रहेका थिए ।  

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार