• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
फेशन

मिस पूर्वाञ्चलको अन्तिम प्रतिस्पर्धामा २० सुन्दरी

काठमाडौं । सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा हुँदै आएको ‘नेपाल आइस मिस पूर्वाञ्चल’ को  १० औं संस्करणको अन्तिम प्रतिस्पर्धामा २० जना सुन्दरी छनौटमा परेका छन् ।

 

प्रतियोगितामा  विजेताले नगद दुई लाख नगद र अध्ययनका लागि युएन कलेजमा निःशुल्क छात्रवृत्ति पाउने छन् भने कमश फस्ट रनर अपले नगद १ लाख रूपैयाँ, सेकेण्ड रनरअपले नगद ५० हजार रूपैयाँसँगै विभिन्न कलेजसँग सहकार्यमा छात्रवृती पाउनेछन् ।

 

यस्तै सब टाइटल अन्तर्गत मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्प्लेक्सन, मिस वेस्टवाक मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, लगायतका विभिन्न टाइटल प्रदान गरिनुका साथै हरेक टाइटल विजेताहरुले जनही १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको कोरियोग्राफी प्रियारानी लामाले गरिरहेकी छिन् । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार