‘मायाप्रेममा एकपटक पनि आँसु आएन’
आँसु के हो ?
यो बिना संवादको अभिव्यक्ति हो ।
पहिलो पटक आँसु आएको बेला ?
कसैले केटाकेटीमा मेरो चित्त दुखाउँदा मलाई पहिलो पटक आँसु आएको थियो ।
आँसु आउँदा कस्तो महशुुस हुन्छ ?
मन हलुंगो हुन्छ ।
के कुराले तपाईंलाई झर्झर आँसु आउँछ ?
मलाई बढि खुशी हुँदा र बढि वेदनाको बेला झर्झर आँसु आउँछ ।
सबैभन्दा ज्यादा आँसु आएको समय ?
आमा–बुवाको दहासंस्कारपछि एक्लो महशुसहुँदा ज्यादा आँसु आएको थियो ।
आँसु किन आउँछ ?
शारिरिक दुख र सुखको अभिव्यक्ति हुँदा आँसु आउँछ ।
आँसु आएको बेला कसले तपाईँलाई ढाडस दिन्छ ?
आफैले आफुलाई
आँसु र खुसीमा के फरक छ ?
केही फरक छैन । हामी बढि खुशी हुँदा पनि हामीलाई आँसु आउँछ ।
कति समयसम्म आँखाबाट आँसु झरिरहन्छ ?
घटना र व्यक्तिको सम्झना हराएपछि पनि आँसु झरिरहन्छ ।
मायाप्रेममा कतिपटक आँसु आयो ?
एकपटक पनि आएन
प्रतिकृया दिनुहोस