• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

नारायणगढमा प्राङ्गारिक उत्पादन र बजारीकरण शुरु

चितवन । नारायणगढमा रहेको हंस बहुद्देश्यीय सहकारी संस्थाले प्राङ्गारिक उत्पादन र बजारीकरण शुरु गरेको छ । कृषि उत्पादनमा विषादीको बढी प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको भन्दै आफ्ना सदस्य र सर्वसाधारणलाई प्राङ्गारिक उत्पादन बिक्री गर्ने उद्देश्यले सहकारीले यो काम शुरु हो ।

 

बजारमा मनाङ, मुस्ताङ र जुम्लामा उत्पादित आलु, अदुवा, किबी, स्याउ, मार्सी चामल, कालो सिमीको दाल, ओखर जस्ता कृषि उत्पादन बिक्रीका लागि राखिएको छ ।


 यसैगरी चितवनको तल्लो काउले क्षेत्रमा उत्पादन भएका भुइँ स्याउ, सुन्तला, मौसम, साग, फर्सी, स्कुस, केराउ र मकै जस्ता उत्पादन पनि बजारमा रहेको चुकेले जानकारी दिएका छन ।

सो बजारमा इलामको चिया, तिल, अकबरे अचार, टिमुर र अलैँची जस्ता उत्पादन पनि बिक्रीका लागि राखिएको छ ।

 

 सहकारीको आफ्नै उत्पादन आएपछि ती उत्पादन र देशैभरमा भएका प्राङ्गारिक उत्पादनलाई सर्वसाधारणसम्म पु¥याउने लक्ष्य रहेको चुकेको भनाइ छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार