• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

ग्लोबल र जनता बैंंकको एकीकृत कारोबार औपचारिक रुपमा शुरु

काठमाण्डौ ।आज काठमाडौैंमा आयोजित ग्लोबल र जनता बैंकको मर्जरको औपचारिक शुभारम्भ कार्यक्रममा मन्त्री खतिवडाले उच्च आर्थिक वृद्धिका लागि ठूला पुँजी आवश्यक हुने बताएका हुन् ।

 

आपसमा गाभिएका ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल लिमिटेडको एकीकृत कारोबार आजबाट  औपचारिक रुपमा शुरु भएको बैंकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

 

 नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष समेत रहेका ढकालले नेपाल राष्ट्र बैंक र सरकारले लिएको नीतिलाई सघाएको पनि बताए ।

 

जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभिई यहि २०७६ मंसीर २० गते देखि एकिकृत कारोवार गर्न थालेका छन ।

 

बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ । निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार