• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
विचार

कहालीलाग्दा मृत्यु मार्ग, रमिते सरकार

देवी सापकोटा । मध्यपहाडी लोकमार्ग  अन्तरगत बाग्लुङको  घोर्पणामा  जिप दुर्घटना हुँदा चालक सहित १४ जनाको घटना स्थलमै मृत्यु भयो । गुल्मिको इस्मा गाउँपालिका ५  देखि बागलुङको निसीखोला २ तर्फ कार्कि समुदायको कुलपूजाका  लागि आउँदै गरेको ग १ ज ५२१९ नम्बरको गुल्मि यातायातको जिप मँगलबार बिहान १० बजे दर्घटनामा परेको थियो । गुल्मी गाउँपालिका यतिखेर शोकमा डुबेको छ ।

 

जिपमा सवार १८ जनामध्ये ९  महिला १ बालक सहित ४ पुरुषको घटना स्थलमै मृत्यु भएको  थियो । मृतक १४ जनाकै सनाखत भइसकेको छ भने घाइतेको काठमाडौंमा उपचार भइरहेको छ । पछिल्लो समयमा सवारी दुर्घटा डरलाग्दो रुपमा बढेको छ ।

 

तीब्र गतिका कारण  जिप अनियन्त्रित भइ  खसेको  प्रहरीले अनुमान गरेको छ । घुमाउरा सडक र सुरक्षाका लागि आवश्यक मिरर तथा सूचना लेखिएका बोर्ड नहुँदा दुर्घटनाको जोखिम झनै बढ्छ ।  नेपालका अधिकांश सडकको नियती हो यो । सडक यात्रा हाम्रो लागि अभिन्न हो । सडक विना गन्तब्यमा पुग्न कठिन छ । सडक निर्माणले जुन चर्चा पाउँछ त्यसको अनुपातमा सडकले मापदण्ड पुरा गरेको हुँदैन । आम दुरदराज जोडने सडकको अवस्था झनै नाजुक छ । तिब्र गती र सडकमा आवश्यक सुचना सन्देश दिने बोर्डहरु राख्न सकेको भए केहि भए पनि दुर्घटना कम हुने थिए ।  

 

विदेशका कतिपय मुलुकमा सवारी साधनका पाटपूर्जा हप्ता हप्तामा चेकजाँच गर्नुेपर्ने नियम छ । सवारीको गति मापन हुन्छ तर नेपालमा कतिपय सवारी साधन वायूमन्डललाई दुषित बनाउँदै बर्षौं बर्षसम्म सड्कमा गुडिरहेका छन् । शहरीकरणले छोएका ठाउँहरुमा यदाकदा ट्राफीक प्रहरीले चेकजाँच गरे पनि ग्रामीण भेगमा गुड्ने सवारी साधनमा कुनै पनि किसिमको जाँच भएको पाइदैंन । यसका बारेमा न आम नागरिक जागरुक हुन सकेका छन् । न  सरकारले चासो दिन्छ ।

यसो हुनुको कारण  उनीहरु सार्वजनिक सवारी साधनमा यात्रा गर्दैनन् । त्यो जरुरी पनि ठान्दैन्न ।  यस्तो ब्यवहारले न सडक सुधारमा चासो देखिन्छ न सवारीको अवस्थाप्रति  उनीहरु गम्भीर भएको । नेपाल जस्तो पहाड कुना कन्दराहरु भएको देशमा सडक निर्माण कार्य आफैंमा जोखिमपूर्ण कार्य हो । त्यसमा पनि मर्मत संम्भार  ब्यस्थापकिय पक्षमा सरकारले ध्यान नपुर्‍याउँदा जोखिम झनै बढिरहेको देखिन्छ । 


सरकार सडक निर्माणमा लागिरहेको छ । निर्माणको काममा पनि ठुलो आर्थिक चलखेल छ । सडक निर्माणका लागि भनेर प्रर्याप्त बजेट नआउनु र भएको बजेट पनि समुदायमा पुग्दा थोरै जान्छ । थोरै बजेट मापदण्ड नपुरर्‍याइकन सडक बनाउँदा तिनै सडकले आज धेरैको ज्यान लिएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष १३ लाख बढी मानिसहरुको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ ।  नेपालमा सडक दुर्घटनामा परि वार्षिक दुई हजार बढीको मृत्यु हुने गरेको र सयौं अँग भँग हुने गरेको तथ्याङमा छ ।लेपालमा हुने प्रत्येक एकसय मृत्यु मध्ये २ वटा सडक दुर्घट्नाका कारणले हुने गरेको पाइन्छ जुन नेपाल प्रहरीको तथ्याकंले पनि बोलेको छ । सरकारको दायित्व भनेको सुरक्षित सडक बनाउने हो न कि ज्यान मार्ने !
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार