• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

बाग्लुङ जीप घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

 काठमाडौ । नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवाले बाग्लुङमा जीप दुर्घटनामा परी १४ को मृत्यु, तीन गम्भीर घाइते र एकजना खोलाले बगाएर हराएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन ।

 

 सभापति देउवाले आज एक विज्ञप्तिमार्फत घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन ।


सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको  अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न सरकारको ध्यानाकृष्ट समेत गराएका छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार