• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

कास्की -२ मा विद्या विजयी, खेमराज ८ हजार मतान्तरले पराजित

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार भएको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । 

 

विद्याले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी हुन्। विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन् भने खेमराजले १५ हजार ९ सय ९१ मत मात्र प्राप्त गरे। 

 

यसैबीच कांग्रेसका उम्मेदवार खेमराज पौडेलले निर्वाचित भएपछि विद्यालाई बधाई दिएका छन् । उनले ट्विटरमा लेखेका छन् - सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन। म इमान्दार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ। 'विजयी नानीलाई हृदयले बधाई, राम्रो गर्नु।'

 

यसअघि सोही क्षेत्रबाट तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका थिए । उनले चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए ।

 

त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२ मत ल्याएका छन् भने साझा पार्टीकी रजनी केसीले ९४२ मत ल्याएकी छन् । तस्वीर : सुषमा पौडेल/पोखरा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार